पुस -२ गण्डकी प्रदेशमा आज ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३८८ वटा नमूना परिक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये सवै भन्दा बढी कास्कीका ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यस्तै गरि संक्रमित हुनेहरु नवलपरासीका ७ जना , स्याङ्जाका ४ जना , तनहुँका ७ जना, लमजुङका १० जना, गोरखाका २ जना , पर्वतका १ जना , म्यादीका १ जना,मनाङका १जना र मुस्ताङका ३ जना रहेका छन् । आज थप ८२ जना गरि गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको सङ्ख्या १३६६५ जना पुगेको छ। यस्तै कोरोना संक्रमणबाट आज गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षका पुरुष रहेका छन् । उनको उपचारका क्रममा आज पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा बिहान ४:१५ मा मृत्यु भएको हो। मृतकमा कोभिड १९ निमोनिया र उच्च रक्तचापको समस्या रहेको अस्पताल स्रोतले जनाएको छ। आज थप १ जना गरि गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८७ पुगेको छ। प्रदेशमा हाल १५६४ जना कोरोना सक्रिय बिरामी रहेका छन् भने११९१४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

Discussion about this post