स्याङ्जाकै सवै भन्दा लामो र अग्लो बारीचौर मन्द्राङ् झोलुङ्गे पुलको शिलान्यास

12
SHARES
98
VIEWS

पौष -४ कालीगण्डकी गाउपालिका स्याङ्जाको वडा नम्बर ३ वैघा बारिचौर र पाल्पाको बगनासकाली गाउँपालिकाको वडा नम्बर ६ मन्द्राङ जोड्ने झोलुङ्गे पुलको शिलान्यास भएको छ। आज एक कार्यक्रमका बिच उक्त पुलको शिलान्यास कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापामगरले गर्नु भएको हो। गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने पुल ३४२ मिटर लम्बाइ र ९२ मिटर उचाइ रहने गरि निर्माण हुन लागेको हो। यो पुललाइ स्याङ्जाकै अग्लो र लामो झोलुङ्गे पुलको रुपमा लिइएको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामबहादुर आलेमगरले जानकारी दिनुभयो। संघिय सरकार र स्थानीय सरकार कालीगण्डकी गाउँपालिकाको संयुक्त लगानी रु २ करोड ६७ लाख लागतमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको वडा नम्बर ३ का वडा अध्यक्ष आलेमगरले जानकारी दिनुभयो। आजबाट निर्माण कार्य सुरु भएको उक्त झोलुङ्गे पुलको निर्माण कार्य २०७८ सालको असार मसान्तसम्म निर्माण कार्य पूरा हुने लक्ष्यका साथ श्री गिता निर्माण कम्पनीले निर्माणकार्यको जिम्मेवारी लिएको छ। सो पुलको निर्माणकार्य पश्चात् कालीगण्डकी गाउँपालिकाका वडा नम्बर ३ बारीचौरका बासिन्दालाई पाल्पाको बगनासकाली गाउँपालिका आवतजावत गर्न सहज हुने कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का वडा सचिब दिलिप बिश्वकर्माले जानकारी दिनु भयो। हाल बारिचौरका स्थानीय बासिन्दाले पाल्पा आवतजावत गर्न करिब १५/२० मिनेटको दुरीमा रहेको दैलाटुङको पुल प्रयोग गर्दै आएका छन् । यस्तैगरी पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दालाई सोही पुल मार्फत छोटो समयमा स्याङ्जा प्रबेश गर्न र प्रसिद्ध मन्दिर आलमदेवी मन्दिरको दर्शन गर्न सहज हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार