पुस -५ गण्डकी प्रदेशमा आज ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लाका १२१ वटा नमूना परिक्षण गरिएकोमा ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये सवै भन्दा बढी कास्कीका २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यस्तै गरि संक्रमित हुनेहरु स्याङ्जाका ६ जना , नवलपरासीका ३ , तनहुँका ४ जना , पर्वतका ३ जना, लमजुङका ५ र म्यादीका ५ जना रहेका छन् । आज थप ५२ जना गरि गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको सङ्ख्या १३ हजार ९४० जना पुगेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८७ पुगेको छ भने प्रदेशमा हाल १७०९ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् भने १२ हजार ४४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।
Discussion about this post