स्याङ्जामा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
105
VIEWS

पौष -५ स्याङ्जामा आज थप ६ जनामा कोरोना भाइरस अर्थात् कोभिड -१९ का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको दैनिक अद्यावधिक विवरण अनुसार आज संक्रमणको पुष्टि हुनेहरु सवै वालिङ नगरपालिकाका रहेका छन् । वालिङ नगरपालिका वडा नम्बर ८ कि २० वर्षीया महिला , ३० – ३० बर्षका पुरुष , वडा नम्बर ९ का २२ वर्षीया महिला र ५० वर्षका पुरुष र वडा नम्बर १३ कि ६२ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो। आज थप ६ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ७८४ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार