पाल्पामा खेतमा पानी लगाउन गएका एक जनाको मृत्यु

12
SHARES
104
VIEWS

पौष -६ पाल्पामा आज खेतमा पानी लगाउन गएका एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नम्बर ५ ढुंगाना बेसीका अन्दाजी ४२ वर्षका कृष्ण बहादुर सोती रहेका छन् । आफ्नो खेतमा पानी लगाउन गएका सोतीको कुलोमा खसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो। पाल्पाबाट खटिएको प्रहरी टोलिले घटना स्थलमा पुगेर थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार