पौष -९ – राष्ट्रिय जनमुत्ती पार्टी स्याङ्जाद्वारा कालीगण्डकी गाउँपालिका स्तरिय ” सांगठनिक अभियान २०७७” बुधबार सम्पन्न भएको छ। पार्टीका कालीगण्डकी गापाका अध्यक्ष खडक व. झेडिको सभापतित्वमा भएको कार्यक्रममा वोल्नुहुदै प्रमुख अतिथि राष्ट्रिय जनमुत्ति पार्टीका संघिय परिषदका उपाधयक्ष तथा महिला मोर्चाका केन्द्रीय अध्यक्ष होमाया गुरुङले जनमुत्ति पार्टीले उठाएको संघियता,धर्मनिरपेक्षता र समानुपातीक/ समावेसिजस्ता मुद्दाहरु अाज संविधानमार्फत सवै राजनितिक दलले स्वीकारीसकेकोले पार्टी सरकार र सदनमा नरहेपनि पार्टीको नैतिक विजय भईसकेको वताउनु भयो।वहाले जातीय पु्र्ण समानुपातीक प्रतिनिधित्व र् पहिचानसहितको पुर्ण संघियताकोलागी भने संविधान संशोधन हुनुपर्ने वताउनुभयो।

कार्यक्रममा संघिय परिषदका सचिव सुर्यकुमार सारु, राष्ट्रिय महिला मोर्चाका केन्द्रीय महासचिव धनी अाले, राष्ट्रिय युवामहासंघका केन्द्रीय सचिव राम अश्लामी,राष्ट्रिय जनमुत्ती पार्टी स्याङजाका अध्यक्ष बम लामीछाने,जनमुत्ती पार्टी तराई- स्याङजा सम्पर्क मंचका सचिव ज्योती थापा लगायतले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य कपिल व. गाहाले राख्नुभएको थियो भने संचालन पार्टीका युवा नेता थमन जिएमले गर्नुभएको थियो भने सोही कार्यक्रम पश्चात राष्ट्रिय जनमुत्ति पार्टीको भातृसंगठन राष्ट्रिय युवा महासंघ कालीगण्डकी गापा स्तरिय १७ सदस्यीय गठन गरिएको छ,जसको अध्यक्षमा भुवनसिंराना, उपाध्यक्षमा चक्र व. राना, कोषाध्यक्षमा,हर्ष व. झेडी,सचिवमा थमन जिएम,सहसचिवमा एकान्त लामीछाने लगायत १७ सदस्यीय रहेकाछन। यसैगरि राष्ट्रिय महिलामोर्चा कालीगण्डकी गापा स्तरिय २१ सदस्यीय समिति गठन गरिएको छ। जसअनुसार -अध्यक्ष सुमित्रा रेस्मी राना, उपाध्यक्ष सुर्यकलासारु,कोषाध्यक्ष रेमिसरागाहा राना,सचिव दिपा सारु,सहसचिवमा ज्योती झेडि लगायत २१ सदस्यीय रहेका छन।

नवगठित दुवै समितिलाई पार्टीका केन्द्रीय उपाध्यक्ष होमाया गुरुङद्वारा शपथ ग्रहण गराउनु भएको थियो भने पार्टीका केन्द्रीय सचिव सुर्यकुमार सारुज्युले कार्यकालको सफलताको शुभकामना दिनु भएको थियो।

Discussion about this post