स्याङ्जा पौष -११ राष्ट्रिय जनमुक्ति पार्टी पश्चिम नारायणी ब्युरो अन्तर्गत बिरुवा गाउँपालिका सपाङ्गदीमा सांगठनिक अभियान-२०७७ सम्पन्न गरेको छ।
क्षेत्रीय अध्यक्ष दूध बहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा
पार्टीका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय महिला मोर्चा अध्यक्ष होमाया गुरुङ्गले उत्पीडित जाती समुदायलाई बर्तमान सरकार र प्रतिपक्षी दल उपेक्षित गरेको बताउनु भयो। यहाँ का उत्पीडित समुदायलाई राज्यसत्ताको मालिक बनाउन तपाईं को घर दैलोमा जनमुक्ति आएको छ अब साथ दिनुहोस , अब एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नु भयो।
स्थानिय जनसमुदायहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा पार्टीका केन्द्रिय सचिब सुर्यकुमार सारु, प्रदेश ५ अध्यक्ष झम बहादुर गुरुङ्ग, स्याङ्जा जिल्ला अध्यक्ष बम लामिछाने,
ले मुलुक को समसमायिक राजनीतिक घटना बारे बोलेका थिए। अहिले सरकार चरम भ्रष्टाचारको कारण भाग बण्डा नमिल्दा मुलुकलाई अनिर्णयको घेराबन्दी मा पारेको र लोकतन्त्रको निम्ति जनताले दिएको मतादेश लाई कुठाराघात गरि देशमा कु गर्न लागेको बताए ।
कार्यक्रममा प्रदेश उपाध्यक्ष धनी आले, युवा नेता राम अस्लामी, रुपन्देही जिल्ला उपाध्यक्ष टेक गुरुङ्ग, स्याङ्जा तराई सम्पर्क मंचका कोसाध्यक्ष ज्योती थापा,रुपन्देही जिल्ला युवा नेता एकु राना, समाजसेवी हुमकला राना, वालिङनगर समितिका कोसाध्यक्ष रोशनी थापाको उपस्थिती रहेको थियो।
Discussion about this post