स्याङ्जामा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
107
VIEWS

पौष -१२ स्याङ्जामा आज ११ जना कोरोना भाइरस अर्थात कोभिड -१९ का संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुने हरुमा ३ जना महिला र ८ जना पुरुष रहेका छन् । पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय पुरुष , चापाकोट नगरपालिका वडा नम्बर ८ का ३४ वर्षको पुरुष , भिरकोट नगरपालिका वडा नम्बर १ कि ८९ वर्षीया महिला वालिङ नगरपालिका वडा नम्बर ८ का २१ , ६५ वर्षका महिला र ३० , २६ , २२ , २९ र २२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो। आज थप ११ जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ८०७ जना पुगेको छ। संक्रमित हरु मध्ये ७३० जनाले कोरोना जितेर घर फर्किसकेका छन् । हाल जिल्ला भर ६३ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार