स्याङ्जामा एक पुरुषद्वारा झुन्डिएर आत्महत्या

13
SHARES
105
VIEWS

पौष -१४ स्याङ्जामा सोमबार बेलुका एक पुरुषले झुन्डिएर आत्महत्या गरेका छन् । कालीगण्डकी गाउँपालिका–४ मा बस्ने २४ वर्षका भुवन भनिने त्रिभुवन बिकले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आफू सुत्ने कोठाको दलिनमा डोरीको पासो लगाई झुन्डिएर बिकले आत्महत्या गरेका हुन् ।मृतक बिक घरको जेठो सन्तान हुन् । मृतकको शवलाई गह्रौं प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टका लागि पठाइएको स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार