नेपालमा थप दुई सय छयालीस जना कोरोना संक्रमित थपिए

50
SHARES
121
VIEWS

आइतबार देशभर कोरोनाका २ सय ४६ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ।मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ सय ११ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित कुल निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।नेपालमा कुल संक्रमितमध्ये ८० प्रतिशत निको भइसकेको प्रवक्ता गौतमले बताए।त्यस्तै विगत २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ९१ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म मृतक ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मुलुकभर ५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन्।भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्लामा हाल सक्रिय संक्रमितको संख्या नदेखिएको मन्त्रालयले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार