चुरामणी तिमिल्सिना
गुल्मी -(पुस -१८) लायन्स क्लब अफ काठमाडौ गुल्मीले जिल्लाका दुई बिद्यालयलाई औपचारिक कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेको छ। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ ढाडगैरामा रहेको नवदुर्गा आधारभूत बिद्यालयको वार्षिकोत्सब समारोहको अवसरमा बिद्यालयमा अध्यनरत १६१ बिद्यार्थीहरुलाई न्यानो सुइटर , शैक्षिक सामग्री र नयाँ परिमार्जित नेपालको नक्सा सहित एटलस वितरण गरिएको थियो । वडा नम्बर १ अस्लेवाका वडा अध्यक्ष तथा सामाजिक बिकास संयोजक भिमलाल पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लायन्स क्लव अफ काठमाडौ गुल्मीका पुर्व अध्यक्ष तथा विशिष्ट समाजसेवी भिम प्रसाद पौडेल , व्यापार संघ गुल्मीका अध्यक्ष युगराज न्यौपाने ,काठमाडौ गुल्मी सम्पर्क मंचका अध्यक्ष धुर्वहरि ज्ञवाली ,क्लवका सदस्य टिकाराम पाण्डे विशिष्ट अतिथी रहनु भएको थियोे । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर ज्ञवालीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमा बिद्यालयका प्रधानाध्यापक देवि प्रसाद भण्डारीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे। कार्यक्रममा प्रमुख अतिथी पाण्डेले शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक , बिद्यार्थी र अभिभावक संयुक्त रुपमा लगनशील भएर लागेमा छोटो समयमै शैक्षिक उपलब्धी हासिल गर्न सकिने बताउनु भयो। यस्तै लायन्सका तर्फबाट पौडेलले शैक्षिक सामग्री प्रदान गर्दै लायन्स क्लबको औचित्य , यस संस्थाले गर्ने काम-कर्तव्य र अधिकार , हाल सम्म यस संस्थाले गरेका कामको बिषयमा चर्चा गर्नु भयो। कार्यक्रममा जनप्रतिनिधी , पत्रकार, दान-दाता , भूमिदाता, अभिभावक लगायतको सहभागिता रहेको थियोे। कार्यक्रमको सञ्चालन शिक्षक पितम्बर ज्ञवालीले गर्नु भएको थियो ।
यस्तै गरि शुक्रबारनै लायन्स क्लबले रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवामा रहेको जनसहयोग माध्यमिक बिद्यालयमा ६० जना बिद्यार्थीहरुलाइ लायन्स क्लव अफ काठमाडौ गुल्मीले स्टेसनरी सामग्री ,र एटलस वितरण गरेको छ। क्लवले बिद्यालयमा ५ हजार लिटर क्षमताको खानेपानीको टंकी निर्माण कार्यकालागि १ लाख पचास हजार रुपैया बिद्यालयका प्रधानाध्यापक मणिराम पौडेल, वडा अध्यक्ष गिरि बहादुर सिंजाली र वि .व्य. समितीका अध्यक्ष घन बहादुर घर्तिमगरलाई सामुहिक रुपमा चेक हस्तान्तरण गरेको लायन्सका अध्यक्ष धुर्बहरि ज्ञवालीले बताउनु भयो । बिद्यालयका प्रधानाध्यापक पौडलले यस्तो सराहनिय कार्य गरे बापत लायन्स क्लबलाई आभार प्रकट गर्नु भएको थियो।
Discussion about this post