जन्म दिनको अवसरमा पाण्डे दाजुभाइ द्वारा बिद्यालयलाई सहयोग प्रदान

15
SHARES
124
VIEWS

चुरामणी तिमिल्सिना
गुल्मी (पुस -१९) सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा चौर निवासी जनता माविका आजिवन सदस्य, समाजसेवी तथा शिक्षाप्रेमी देवि प्रसाद पाण्डे र यमकला पाण्डेका दुई छोराहरुले आफैले स्कुल तह सम्मको अध्ययन गरेको विद्यालयमा जन्म दिनको अवसरमा सहयोग प्रदान गरेका छन् । रोजगारिको सिलसिलामा हाल दक्षिण कोरियामा रहनु भएका बिष्णु पाण्डेको पौष ७ गते परेको जन्मदिन र उनका सहोदर भाइ नारायण पाण्डेको पौष १८ गते परेको जन्म दिनको उपलक्ष्यमा विद्यालयमा सूचना प्रबिधिलाई अगाडि बढाउन रु ३० हजार बराबरको डिजिटल सूचना पाटी प्रदान गर्नु भएको छ। पाण्डे दाजुभाइले बिगतका बर्षहरुमा पनि जन्म दिनको अवसर पारेर राममन्दिरमा र वृद्धआश्रममा पनि भक्तभक्तेनी आमा-बुवाहरुलाई भोजन गराउनु भएको थियो । आफुले कमाएको थोरै रकम भएपनि आफुले शिक्षा हासिल गरेको बिद्यालयमा सहयोग गर्न पाउदा आफुहरुलाई खुसी लागेको उहाँहरुले बताउनु भयो। यस्तै पाण्डे परिवारले रुरु धाममा सञ्चालन भएको रुरु धार्मिक सेवा सञ्चारप्रालीको कार्यलयलाई पनि आउँदा दिनहरुमा जिन्सी सामग्री प्रदान गर्ने बिष्णु पाण्डेले जानकारी दिनु भयो। यता सूचना बोर्ड ग्रहण गर्दै बिद्यालयका प्रधानाध्यापक युगराज पाण्डेले बिद्यालय क्रमशः सूचना-प्रबिधि माध्यममा अगाडी बढेको बताउदै सहयोगदाता प्रती धन्यवाद एवम् आभार प्रकट गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार