पुस -१९
स्याङ्जा – स्याङ्जामा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमण बाट मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर ७ कि ८२ बर्षकी महिला रहेका छन् । मृतक महिलामा पुस १३ गते कोरोना संक्रमणको पुष्टि भएकोमा हिजो बेलुका ६ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। मृतक महिलामा कोभिड निमोनिया र उच्च रक्तचापको समस्या रहेको थियो। स्याङ्जामा कोरोना संक्रमण बाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ।
Discussion about this post