वालिङ, २० पुस ।
वालिङ नगरपालिकाका कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई कृषि औजार हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ नगरपालिकाभित्रका कोभिड प्रभावित कृषकहरुलाई टनेल,भ¥याङ, सिकेचर र करौैती लगायतका हस्तान्तरण गरिएको हो ।
कृषि औजारहरु हस्तान्तरण गर्नुहुँदै नगर उपप्रमुख कल्पना तिवारीले उत्पादन बृद्धि गराउने उद्देश्यले कषि औजार तथा सामाग्रीहरु बितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाको प्रभावका कारण मारमा परेका कृषकहरुलाई राहत पुर्याउन सामाग्री बितरण गरिएको हो ।’

नगर उपप्रमुख तिवारीले निशुल्क रुपमा प्राप्त भएका समाग्रीहरुको सदुपयोग गरि आर्थिक बृद्धि गर्न कृषकहरुलाई सुझाव दिनुभयो । उत्पादन बढेको देख्न पाईयोस् भन्दै उपप्रमुख तिवारीले अरुलाई पनि हौसला मिल्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कोभिड प्रभावित कृषकहरुलाइ सहयोग गर्न र उनिहरुलाइ आर्थिक रुपममा सबल बनाउनको लागि नगरपालिका सदैव कृषकको साथमा छ भन्ने बुझ्न पनि आग्रह गर्नुभयो । उहाँले नगरपालिकाको समग्र आर्थिक बृद्धिका लागि बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।
परियोजना अन्तरगत कोभिड प्रभावित कृषकहरुलाई उनीहरु कै मागका आधारमा बिभिन्न सामाग्रीहरु प्रदान गरिदै आएको दियालो युएनडिपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । उहाँले कृषक तथा नवउद्यमीको मागका आधारमा बिभिन्न प्रकृतिका सीपमूलक तालिमहरु सञ्चालन भईरहेको बताउनु भयो ।






















Discussion about this post