कालीगण्डकी गाउँपालिकाद्वारा आठौं गाउँसभा सम्पन्न

12
SHARES
104
VIEWS

पुस-२४
स्याङ्जा -कालिगण्डकी गाउँपालिकाको आठौ गाउँसभा आज सम्पन्न भएको छ। आज सम्पन्न भएको गाउँसभाले ऐतिहासिक एवं दिर्घकालिन महत्व बोकेको रणनैतिक कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका सम्पुर्ण विद्युत सेवाग्राहीहरुलााई न्यूनतम बिद्युत महशुल निशुल्क गर्ने घोषणा गरिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। गाउँपालिकाको वडा नम्बर ३ र ५ मा प्राथमिक स्वास्थ्य इकाई केन्द्र सञ्चालनको तयारी गरिएको सूचना अधिकारी पाण्डे जानकारी दिनुभयो। उक्त केन्द्रमा चाहिने जनशक्तिका लागि बिज्ञापन गरिनुका साथै माघ दुई गतेबाट सो केन्द्रहरुबाट स्वास्थ्य सेवा प्रदान गरिने सूचना अधिकारीले बताउनुभयो ।

यस्तै गरि कालीगण्डकी गाउँपालिकाको आठौं गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा मगरद्वारा दर्जनौ विकासका कार्यक्रम सहित विद्युत उपभोक्तालाई निशुल्क विद्युत र स्थानिय शिक्षा अन्तर्गत विद्यालय स्तरमा स्थानिय पाठ्यक्रम विकासको लागी समेत बजेट व्यवस्थापन गरिएको कार्यक्रममा घोषणा गर्नु भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार