आदर्श मावि स्याङ्जाको ४३ औं वार्षिकोत्सब समारोह सम्पन्न

13
SHARES
107
VIEWS

पुस -२७
स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मा अवस्थित श्री आदर्श माविले ४३ औं वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै बिद्यालयले वडामै सिमित हुने गरि सामान्य तवरले वार्षिकोत्सब समारोह सम्पन्न गरेको बिद्यालयका प्रधानाध्यापक भिम बहादुर थापाले जानकारी दिनुभयो। विगतका वर्षहरूमा बिद्यालयको वार्षिकोत्सब समारोहलाई भव्यरुपले मनाउदै आएको भएपनि यो वर्ष भने कार्यक्रमलाई कोभिड -१९ लेे प्रभावित पारेकोले बिद्यालय समयभित्रनै कार्यक्रमलाई समापन गरिएको प्रधानाध्यापक थापाले बताउनुभयो । आजको कार्यक्रममा उपस्थित सवै जनालाई मास्क र स्यानिटाइजर प्रयोग पश्चात् मात्र कार्यक्रममा उपस्थिति गराइएको थियो। समारोहमा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष नर बहादुर राना र सभाापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद पाण्डे रहनु भएको थियो भने वडाका अन्य जनप्रतिनिधि , समाजसेवी , शिक्षक लगायत स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्वारा केही साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार