पाल्पामा एक घरबाट १२ लाख बराबरको चोरी

13
SHARES
106
VIEWS

पुस -२९
पाल्पा- पाल्पामा एक घरबाट १२ लाख भन्दा बढी धनमाल चोरी भएको छ। तानसेन नगरपालिका वडा नम्बर १ गोर्खेकोटमा अवस्थित जानुका बस्यालको घरबाट नगद रु २५ ००० र करिब १३ तोला सुनको विभिन्न गरगहना चोरी भएको छ। जानुका बस्याल माइत गएको मौका पारेर घर अगाडिको च्यानल गेटको ताल्चा फुटाएर टिनको दराजमा राखिएको उक्त नगद तथा गरगहना चोरी भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । घटनामा संलग्न व्यक्तिहरुको खोजतलास तथा अनुसन्धान कार्य जारी रहेको गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार