सत्यवतीमा १५६ जना जेष्ठ नागरिक सम्मानित

12
SHARES
104
VIEWS

चुरामणी तिमिल्सिना
माघ -१५ गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ हिले सिद्धबाबा ठूला बगर सिद्ध आश्रममा १५६ जना जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरिएको हो । प्रत्येक महिनाको पुर्णिामाको दिन यस मन्दिरमा भजन कृतन कथा प्रवचन तथा सतसङ्ग हुने स्थानिय धार्मिक अनुरागी बलाराम अधिकारिले बताउनु भयो । आज स्वस्थानी व्रतको पावन अवसर पारेर पाल्पा जिल्ला तानसेन नगर पालिका वाड न १४ अर्गली पहेलि बाङ्गला निवासी सामाजसेवि पदम प्रसाद पाण्डे र धर्म पत्नी गृहलक्ष्मी पाण्डेले आफना पिता टीका निधि र माता तुल्सादेविको सम्झनामा कार्यक्रम आयोजना गरेको पदमले बताउनु भयो । कार्यक्रममा सत्यवति गाउँपालिकाका अध्यक्ष पारिस्वर ढकाल प्रमुख अतिथी रहनु भएको थियो। प्रमुख अतिथी ढकालले धार्मिक सभामा बोल्दै मनुष्यको जन्म लिएपछी एक दिन अवश्य मरिने भन्दै आफूले संसारबाट बिदा हुँदा कृति लिएर जाने बताउनु भयो । यस्तै यहाँको पर्यटन विकासका लागि पालिकाले विभिन्न अभियानहरु पनि अगाडी बढाएको बताउनु भयो। कार्यक्रममा रुद्रबेनी राममन्दिरका संरक्षक नारायण स्वामी, कोषाध्यक्ष बलराम अधिकारी , कुमारी बैक रिडीका कार्यलय प्रमुख भीष्म ज्ञवाली , दान दाताहरु, साधु , सन्त लगायतको सहभागिता रहेको थियो । पाण्डेले यसैको बिकासको लागि बिगतको वर्ष दुई रोपनी जग्गा समेत खरिद गरिदिनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार