मेलम्ची बजारमा पहिरोमा परि सात जनाको ज्यान गयो

19
SHARES
105
VIEWS

सिन्धुपाल्चोकको मेलम्ची बजारमा आइतबार राति आएको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ।
मेलम्ची नगरपालिका-११ का वडाध्यक्ष रूद्रप्रसाद दुलालका अनुसार सोमबार बिहानसम्म ७ जनाको शव निकालिएको हो।
‘पहिरोमा परेका अर्का एक जनाको पनि हामी खोजी गर्दैछौं,’ उनले भने।

मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएकाहरू वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेको वडाध्यक्ष दुलालले जानकारी दिए। ज्यान गुमाउनेहरू सबै पुरूष हुन्।
‘धेरै जना वीरगन्जका हुनुहुन्छ, दुई-तीन जना भारतीय भने पनि एकिन भइरसकेको छैन,’ उनले भने।

वडाध्यक्ष दुलालका अनुसार कभर्ड हल बनाउन ती मजदुरहरू २० दिनजति पहिला मेलम्ची बजार आइपुगेका थिए। निर्माणाधीन कभर्डहलको छेउमा उनीहरू बस्ने गरेका थिए।
‘आइतबार राति ११ बजेदेखि पानी पर्न थालेको थियो। २ बजेतिर उनीहरू बसेको टहरोको माथिबाट पहिरो आएछ,’ उनले भने,‘मैले त बिहान ४ बजेतिर थाहा पाएँ।’

पहिरोबारे थाहा पाएपछि भेला भएका स्थानीय र प्रहरीले एक जनाको भने जिवितै उद्धार गरेका थिए।
‘उनको अहिले यहीँ उपचार भइरहेको छ। ठाउँ-ठाउँमा रोड भत्किएकाले एम्बुलेन्स आउन सकेको छैन,’ वडाध्यक्ष दुलालले भने,‘काठमाडौं लैजान हेलिकप्टर मगाएका छौं।’रातिदेखि अविरलमा रूपमा परिरहेको पानी बिहान सात बजेपछि रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार