स्याङ्जामा टिप्पर र बस एक-आपसमा ठक्कर खादा ४ जना घाइते

12
SHARES
101
VIEWS

माघ -२३
स्याङ्जामा टिप्पर र बस एक आपसमा ठोकिँदा चार जना घाइते भएका छन् । आज बिहान करिब ८:५० बजेको समयमा फेदीखोला गाउँपालिका वडा नम्बर २ अवस्थित फेदीखोला बजार मोडमा ग १ ख ७६११ नम्बरको टिप्पर र ख ९३७४ नम्बरको बस एक आपसमा ठक्कर खादा उक्त दुर्घटना हुने पुगेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। दुर्घटनामा परि घाइते हुनेहरूमा टिप्पर चालक पोखरा कास्की बस्ने २५ वर्षीय सुरेन्द्र सुनार , पुतलीबजार नगरपालिका १३ बस्ने ४० वर्षिय सन्तोषी मल्ल , वडा नम्बर ६ टक्सार बस्ने ५० वर्षीय सीता कार्की र सोही वडामा बस्ने ७० वर्षिय भिमा शर्मा रहेका छन् । घाइतेहरु मध्ये सन्तोषी मल्ल र सीता कार्कीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको सूचना अधिकारी अधिकारीले जानकारी दिनु भयो। बसचालक पुतलीबजार नगरपालिका वडा नम्बर ४ बस्ने ३५ वर्षका लक्षु बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना पश्चात् सवारी साधान सञ्चालनमा कुनै अवरोध नरहेको स्रोतले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार