स्याङ्जामा बस दुर्घटना हुँदा ६ जना घाइते

16
SHARES
131
VIEWS

माघ-२४ स्याङ्जामा आज बेलुका बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आँधीखोला गाउँपालिका वडा नम्बर ६ निबुवाबोट स्थित सेतिदोभान पन्चमूल भित्री सडक खण्डमा पोखराबाट स्याङ्जाको सिरुबारी भ्रमणमा आएको आमा समूहको अवलोकन भ्रमण टोलि चढेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार सिरुबारी भ्रमणबाट फर्किएको ना ४ ख ७०३४ नम्बरको बस सडकमै पल्टिँदा ६ जना यात्रु घाइते भएका थिए। बसमा ३७ जना यात्रु रहेका थिए जस मध्ये ६ जना घाइते भएका छन् । घाइते भएकाहरूलाई उपचारका लागि पोखरा पठाइएको समेत जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा परि घाइते हुनेहरुमा पोखरा महानगर पालिका वडा नम्बर १७ बस्ने ४५ वर्षिय सीता देवी अचार्य , सोही स्थानकी ३९ वर्षिय समिता अधिकारी , ४८ वर्षिय शान्त कुमारी सुवेदी , वर्ष ४५ कि सीता आचार्य , ५० वर्षकी चीन माया लामिछाने र २५ वर्षीय गोमा पौडेल रहेका छन् ।सडकमा कुनै अवरोध नभएको र अन्य यात्रु हरुलाई अर्को सवारी साधनको व्यवस्था गरि गन्तव्यमा पठाइएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार