पाल्पामा फर्निचर उद्योगमा आगलागी हुँदा ९ लाख बराबरको क्षति

12
SHARES
100
VIEWS

माघ-२६
पाल्पामा आज बिहान एक फर्निचर उद्योगमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ। जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ छहरा स्थित युवाराज रजालीको १ तले जस्तापाताको छानो भएको कच्ची फर्निचर उद्योगमा आचानक आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको हो। आज बिहान ४:३० बजेदेखी सुरु भएको आगलागी प्रहरी र स्थानीय हरुद्वारा ५:५० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो।उक्त आगलागीबाट फर्निचर भित्र रहेका मेसिन , काठ , तयार भएका फर्निचर तथा प्लाइउड लगायत सामान जाली पूर्णरुपमा नष्ट भएको समेत सूचना अधिकारी पचभैयाले जानकारी दिनु भयो। आगलागी बिद्युत सर्ट भइ भएको हुन सक्ने घटनाको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। आगलागीमा परि कुनै मानवीय क्षति नभएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार