फागुन -५। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ३४४ जनाले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका छन् । पहिलो चरणमा वालिङमा र दोस्रो चरणमा गल्याङ नगरपालिकामा गरि दुई चरण भ्याक्सिन लगाइएको कालीगण्डकी गाउँपालिकाका जन स्वास्थ निरीक्षक खड्क बहादुर थापाले जानकारी दिनु भयो। पालिका भित्रका जनप्रतिनिधिहरू, कार्यालयका सम्पूर्ण कर्मचारीहरू, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरू, हुलाक सेवाका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, एम्बुलेन्स चालकहरू, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कोभिड -१९ विरुद्धको भ्याक्सिन लगाइएकोमा प्राथमिकताका आधारमा अन्य व्यक्तहरुलाई भ्याक्सिन प्रदान गरिने समेत जन स्वास्थ्य निरीक्षक थापाले बताउनुभयो ।
यता स्याङ्जामा कोरोना विरुद्ध भ्याक्सिन लगाउने कार्य अगाडि बढिरहेको बेला थप एक जना कोरोना संक्रमित थपिएका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो। आज थप एक जना कोरोना संक्रमित थपिए सँगै कालीगण्डकी गाउँपालिका कोरोना मुक्त पालिका बन्न भने सकेन।
Discussion about this post