चुरामणी तिमिल्सिना
फागुन -६ गुल्मी ।रिडी माध्यमिक बिद्यालय रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीको बिद्यालय व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुको अध्यक्षता रहेको कार्यक्रममा विशिष्ट अतिथि सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशकाका स्वकीय सचिब यदु ज्ञवाली र सामाजिक अभियान्ता नारायण पौडेल रहनु भएको थियो । बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । बाल बिकासलाई सुबिधा सम्म्पन्न बनाउने, फिल्डमा टायल लगाउने, सिकाइ उपलब्धी वृद्धि गर्ने, ल्यापटप खरिद गर्ने, नृत्य र खेलकुद सामाग्री व्यवस्थापन गर्ने, नयाँ सफ्ट्वयर जडान गर्ने , समिति र शिक्षक बिच अन्तर्कृया र वनभोज कार्यक्रमको आयोजना गर्ने तथा बिद्यालयका कक्षाकोठा मर्मत सम्भार गर्ने निर्णय गरिएको बिद्यालयका प्रधानाध्यापक रोहित भण्डारीले जानकारी दिनु भयो।
बैठकमा यस बर्ष यहीँ बिद्यालय नमुना बिद्यालयको रुपमा प्रदेश सरकारबाट सिफारिस भएको हुनाले प्रदेशसरकार तथा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सबै पक्षका व्यक्तिहरुलाई प्रधानाध्यापक भण्डारीले धन्यवाद एवम् आभार व्यक्त गर्नु भयो।
Discussion about this post