गल्याङमा प्रविधिको उपयोग र साइबर अपराध सम्बन्धि सचेतना तालिम सम्पन्न

13
SHARES
106
VIEWS

फागुन -६। स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ४ मा अवस्थित श्री कालिका माविमा एक दिने प्रविधिको उपयोग र साइबरक्राइम सम्बन्धी सचेतना तालिम सम्पन्न भएको छ। बिद्यालय व्यवस्थापन समिति कालीका माविका अध्यक्ष ढाकाराम न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो। कार्यक्रममा बिद्यालय व्यवस्थापन समितका न्यौपानेले बोल्दै गल्याङ जेसिजले स्थापनाको ३ वर्ष नपुग्दै समाजका युवाहरुको मन-मुटुमा बस्न सफल भएको बताउनु भयो। गल्याङ जेसिज पहलमा आयोजन गरिएको सचेतना मुलक तालिमले बिद्यार्थीहरुको नकारात्मक सोचाइ सकारात्मक दिशातर्फ उन्मुख हुने समेत अध्यक्ष न्यौपानेले बताउनुभयो । लिभिङ अराउन्ड टेक्नोलोजी काठमाडौको सहजीकरण र गल्याङ जेसिजको आयोजनामा आयोजित तालिमपछि बोल्ने वक्ताहरूले तालिम लिए पश्चात् प्रविधिको समुचित प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए। कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक चिन्तामणी न्यैपाने, नेपाल बिद्यार्थी संघ कालिका मावि इकाइ सभापति ढाकाराम न्यौपाने , प्रशिक्षक विश्व अर्याल र विज्ञान पोख्रेल लगायतले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गल्याङ जेसिजका अध्यक्ष गोपिकृष्ण रेग्मी र उपाध्यक्ष प्रतिमा भट्टराईको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष साधना न्यैपानेले गर्नु भएको थियो। वर्तमान परिप्रेक्ष्यमा निकै उपयोगी तालिममा ८५ जनाले सहभागीता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार