फागुन -९
स्याङ्जामा प्रहरीले लागू औषध सहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ बस्ने२५ वर्षका दिवश गुरुङ र आँधीखोला गाउँपालिका वडा नम्बर १ बस्ने २२ वर्षका अमुल परियार रहेका छन् ।
पुतलीबजार १ को प्रगतिनगरमा गुरुङ र परियारलाई शंकाष्पद अवस्थामा फेला पारेपछि सोधपुछ गर्दा उनीले लागू औषध सेवा गर्ने र लागू पदार्थ खरिद गरी दिवसको घरमा लुकाएर राखेको उनिहरुले बताएका थिए ।
दिवसको घरमा खानतलासी गर्दा दिवस सुत्ने कोठामा राखेको व्यागमा दुईदुई एमएलको लागू औषध बुफ्रेनोर्फिन २८ एमपुल, डाईजेपाम २८ थान, फेनरागन २८ एम्पुल गरी ८४ एम्पुल र आगू औषध गाँजा ५ ग्राम, सिरिन्ज १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भय
Discussion about this post