चुरामणी तिमिल्सिना
फागुन -९। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ स्याङ्जा बिर्घामा स्थापना भएको आमा बहुउद्देश्यीय सहकारी संस्था लिमेटेडले स्थापना समयको पहिलो बर्ष पुगेको उपलक्ष्यमानै सुपथ मुल्यको सहकारी पसल सञ्चालन गरेको छ। बि .सं. २०७६ सालमा सहकारी बिभागमा दर्ता गरेर आर्थिक कारोबार गर्न खोलिएको सहकारीले छोटो समयमै वडा नम्बर ४ बिर्घामा आफ्नो सेवा सञ्चालन गरेको सहकारीका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

माघ १ गते कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले उद्घाटन गरेको सस्तो सहकारी पसलमा दैनिक जसो २५ हजारसम्म कारोबार हुने गरेको कर्मचारी चुरामणि पाण्डेले बताउनु भयो । सहकारी पसलमा दैनिक उपभोग्य खाद्य सामाग्री रहेकोे र केही समय पश्चात् किसान वर्गहरुले माग गरेमा रासायनिक मल , बिउ-बिजन पनि समेत उपलब्ध गराउने सहकारीका सचिब मुकुन्द प्रसाद पाण्डेले बताउनु भयो। भवन निर्माण गर्नका लागि कालीगण्डकी गाउँपालिका स्याङ्जाले ५० प्रतिशत सहयोग गरेको र सेवा प्रभावकारी बन्दै गएमा अन्य स्थानमा पनि सहकारीले यस्तै कार्यक्रम माग गरेमा पालिकाले सक्दो सहयोग गर्ने पालिकाकी उपाध्यक्ष साबित्रा कोइरालाले बताउनु भयो । यस सहकारी पसलमा ३ जना कर्मचारी , ६५० जना सेयर सदस्य आबद्ध भएको अध्यक्ष पाण्डेले जानकारि दिभयो । बहुउद्देश्यीय सहकारीले किसानले उत्पादन गरेका हरिया साग, सब्जि, यस्तै दुध दहि ,घिउपनि बिक्रीका लागि ल्याएको खण्डमा सहकारीले बजार-भाउ अनुसार नै खरिद गरिदिने योजना अगाडि बढाइरहेको र सुपथ मुल्यको पसल सञ्चालन हुँदा स्थानियमा खुशी छाएको उपाध्यक्ष बलराम पाण्डेले बताउनु भयो।

Discussion about this post