फागुन -१४
स्याङ्जामा प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नम्बर २ राङ्दाङ बस्ने ६९ वर्षका डिल बहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार गोप्य सूचनाका आधारमा पुतलीबजार नगरपालिका वडा नम्बर २ राङ्दाङ बस्ने ६९ वर्षका डिलबहादुर गुरुङको घरमा आज बिहान ६:३० बजेको समयमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक फेला परेको थियो। अवैध भरुवा बन्दुक सहित फेला परेका गुरुङलाई पक्राउ गरि हातहतियार तथा खरखजना सम्बन्धि कसुर मुद्दा दर्ता गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post