स्याङजा, १५ फागुन । पुतलीबजार नगर युवा तथा खेलकुद विकास संजाल स्याङ्जाले आयोजना गरेको पालिकास्तरीय भलिवल प्रतियोगितामा स्याङ्जाको कालीगण्डकी गाउँपालिका र बाग्लुङको गल्कोट नगरपालिका फाइनल खेलमा प्रबेश गरेका छन् । आज भएको सेमि-फाइनल खेलमा कालीगण्डकी गाउँपालिकाले चापाकोट नगरपालिकालाई ३-१ को सेटमा र बाग्लुङको बलकोट गाउँपालिकाले बर्दघाट नगरपालिकालाई ३-१ कोसेटमा पराजित गर्दै सेमिफाइनल खेलमा प्रबेश गरेका हुन् । फागुन १६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ६ जिल्लाका १२ समुहको सहभागीता रहेको छ। भोलि १६ गते तृतीय स्थानका लागि ११ बजे र प्रथम र द्वितीय स्थानका लागि १ बजे खेल सञ्चालन हुने तय गरिएको छ। मुख्य प्रायोजक पुतलीबजार नगरपालिका रहेको प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख, तृतिय पुरस्कार ५० हजार र सान्तोना पुरस्कार २५ हजार रहेको खेल संयोजक राजेन्द्र शर्माले जानकारी दिनुभयो ।
यता लिग चरणको खेलमा कालीगण्डकी गाउँपालिका स्याङ्जाले बाग्लुङको गल्कोट नगरपालिकालाई ३-१ सोझो सेटमा पराजित गरेको थियो।

Discussion about this post