स्याङ्जा जिल्लामा दिनप्रती दिन कोरोना संक्रमितहरुको सङ्ख्या बढिरहेको बेला कालीगण्डकी गाउँ पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पिसिआर परिक्षण नेगेटिभ आएको छ। कालीगण्डकी गाउँ पालिकाका २६ जनाको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएको जानकारी कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम थापा मगरले बताउनु भयो। कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै सरकारले गाउँ पालिका र नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको कोरोना परिक्षणको व्यवस्था गरेको छ।
Discussion about this post