स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउदै गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्याल

16
SHARES
131
VIEWS

चुरामणी तिमिल्सिना
फागुन -१५। गुल्मीको गुल्मी दरबार गाउँपालिकाले आइतबार देखि सातौ गाउँसभा सुरु गरेको हो । गाउँ सभामा ६ जना उत्कृष्ट कर्मचारीहरुलाई खादा, प्रसंशा पत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा अग्रस्थानमा गाउँपालिकाका स्वास्थ शाखामा कार्यरत स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल रहनुभएको थियो । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा जन्मनु भएका अर्यालले बि .स.२०५४ साल देखि अमरर्बाथोक उप-स्वास्थ्य चौकिबाट आफ्नो सेवा सुरु गर्नु भएका हो ।अर्याल तलुवा उप-स्वास्थ्य चौकि ओखलढुङ्गा , बलिथुम स्वास्थ्य चौकी गुल्मी , जुभुङ्ग स्वास्थ्य चौकि गुल्मी , खर्ज्याङ स्वास्थ्य चौकी गुल्मी , दरबार देबिस्थान स्वास्थ्य चौकि हुदै २०७४ साल देखि अर्याल गाउँपालिकाको स्वास्थ्य शाखाको रुपमा प्रमुख जिम्मेवारी समाल्दै आउनु भएको छ । उहाँले यस पालिकामा आफु नियुक्ति भएपछी गाउँटोल र बिद्यालय तहसम्म प्राथमिक उपचार सेवा कार्यक्रमलाई सञ्चालनमा ल्याउनु भयो भने उहाकै पहलमा गाउँपालिकाले दिर्घ रोगिका लागि निशुल्क औषधि उपचार कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाबाट सञ्चालन गरिएका प्रभावकारी वडा-स्तरिय, एकिकृत तथा अप्रेशन शिबिरहरु सञ्चानमा पनि उहाँको ठुलो योगदान रहेको छ । गाउँपालिकामा रहेका ८३ वटा स्वास्थ्य आमा-समुहलाई पुनर्जागरण गरि अहिले ति समुहहरु स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका समेतको उपस्थितिमा मासिक रुपमा प्रभावकारी सञ्चालनमा गरि नियमित रुपमा स्वास्थ्य सचेतना तथा सामाजिक व्यवहार परिवर्तन सम्बन्धि कार्यक्रम सञ्चालन भैरहेका छन जस्ले गर्दा स्वास्थ्य सम्बन्धि जनचेतनामा अभिबृद्दि भएको छ । गुल्मीदरबारका १५ वटा विद्यालयमा उहाँकै पहलमा किशोर-किशोरिहरुका लागि लक्षित गरि बिद्यालय केन्द्रीत साथी शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएको छ | गर्भवति , सुत्केरि तथा सुनौला १००० दिन भित्रका आमा तथा बच्चाहरुलाई बिभिन्न प्याकेजहरु बितरण गर्दै अहिले नेपालमै नौलो कार्यक्रम `कस्तो छ आमा ‘ प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । गुल्मी दरबारमा रहेका ५५ जना स्वास्थ्यकर्मि तथा कर्मचारिहरुलाई कुशलतापुर्बक संयोजन गरि सबै वडामा सञ्चालन हुने कार्यक्रमलाई थप प्रभावकारी हुने वता बनाउनु भएको छ । म भन्दा पनि हामि भन्ने भावना राख्ने हो भने काम गर्न सहज हुने उहाको कथन छ । स्थानिय तह शुरु हुनुपुर्ब कुनैपनि वडामा मापदण्ड अनुसारका स्वास्थ्य चौकि भवन थिएनन् । अहिले ३ वटा वडामा नयाँ भवन निर्माण भएर सञ्चालनमा आइसकेका छन् भने ३ वटा वडामा मापदन्ड अनुरुपमा भवन निर्माणाधिन रहेका छन । अहिले सबै स्वास्थ्य संस्थाहरुमा कम्प्युटर, प्रिन्टर , फोटोकपिको व्यवस्था भइ सकेको छ भने सबै वडामा इन्टरनेट जडानको पनि कार्यक्रम रहेको छ । यसै बर्ष ३ वटा वडाहरुमा २४ घन्टे बर्थिङ सेन्टर विस्तार गरि सञ्चालनमा ल्याइएका छन् । यसै बर्ष गाउँपालिकामा १५ बेडको अस्पतालको लागि जग्गा व्यवस्थापन गरि शिल्यान्यास समेत भैसकेको छ । स्थानिय सरकारको गठन पश्चात एउटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएका छन् । ८४ बर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकहरुको घरमै गएर स्वास्थ्यकर्मिहरुले मासिक रुपमा स्वास्थ्य सेवा प्रबाह भैरहेको छ । गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको मार्गनिर्देशन अनि सबै जनप्रतिनिधिको समर्थन साथै सम्पुर्ण स्वास्थ्यकर्मि एवम् कर्मचारिहरुको साथ सहयोगले आफु सफल हुँदै आएको अर्यालले बताउनुभयो। साथै आफुलाइ उत्साहित गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका परिवार, सम्पुर्ण जनप्रतिनिधिहरु, सम्पुर्ण स्वास्थ्यकमि एबम कर्मचारिहरु, सबै राजनैतिकदलहरु, महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरु, स्वास्थ्य आमा समुहमा क्रियाशील महिला दिदिबहिनिहरु, बिद्यालय संघ संस्था, पत्रकार , सरोकारवालाहरु लगायत आम जनसुदाय प्रति आभार प्रकट गर्नुभएको छ । विशेष गरि स्वास्थ्यकर्मिहरुको टिम प्रति गर्व गरेको उहाँले बताउनुहुन्छ । सस्वास्थका हरेक कार्यक्रमलाई सहजीकरण गर्न ग्रामीण भेगमा स्वास्थ स्यमसेविका संगै सहयात्रा गर्ने, स्वास्थ्यसंग सम्बन्धि नयाँ- नयाँ जानकारी गराउने, महिला स्वास्थ्य स्वयंसेवीकाका समस्याहरुलाई पालिका सम्म ल्याइ पालिकाको बैठकमा प्रस्तुत गर्ने र सबैको मन जित्न सफ्ल भएको भन्दै पालिकाको सातौगाउँ सभाबाट आफुलाइ सम्मान गरेको बताउनु भयो। अर्याल यहाँ भन्दा पहिला पनि जिल्ला स्वास्थ्य कार्यलयबाट पटक-पटक उत्कृष्ट रास्ट्रसेबक कर्मचारीको रुपमा सम्मान्नित भैइसक्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार