कोरोना अपडेट : आज पनि थप दुई सय उन्साठी कोरोना संक्रमित थपिए

36
SHARES
168
VIEWS

मंगलबार थप २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १५ हजार २६ जना कोरोनाबाट निको भएका छन्।
सो अवधिमा ७ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षण भएको छ।
देशभर ५ हजार ९ सय २५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म ४ लाख ६ हजारको पिसिआर परीक्षणा भएको छ। त्यस्तै हालसम्म मृतक ५८ जनामा कोरोना पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार