कालीगण्डकी स्याङ्जामा ५४४ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भ्याक्सिन

13
SHARES
105
VIEWS

फागुन -२३
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोभिड -१९ अर्थात कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ। पालिकाको चन्डी भञ्ज्याङ् स्वास्थ्य चौकी , आलम देवी स्वास्थ्य चौकी , बिर्घा स्वास्थ्य चौकी , श्री कृष्ण गण्डकी स्वास्थ्य चौकी र कालीगण्डकी अस्पतालमा खोप केन्द्र निर्धारण गरि कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान कार्यक्रम सम्पन्न भएको हो।

कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक खड्क बहादुर थापाका अनुसार पालिका भित्रका ६५ वर्ष भन्दा माथिका ५४४ जनाले कोभिड -१९ विरुद्धको खोप लगाएका छन् ।

दोस्रो चरणको खोप कार्यक्रम भोलि सम्म हुने भनिए पनि कोरोना भ्याक्सिन पालिकामा पर्याप्त मात्रमा नभएको कारण केहीलाई फर्काउनु परेको जनस्वास्थ्य निरीक्षक खड्क बहादुर थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार