चैत -१
स्याङ्जामा प्रहरीले अवैध भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको हरिनास गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय होम बहादुर भुजेल र २२ वर्षका प्रेम भुजेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार हिजो राती हरिनास गाउँपालिका वडा नम्बर ४ स्थित कुलुङखोला सानिस्वारा जङ्गल शिकार खेल्न जाने क्रममा उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुई जनाको साथबाट लोड गरिएको एक अवैध भरुवा बन्दुक , बन्दुकना प्रयोग हुने १७ वटा सिसाको छर्रा र ५ ग्राम बरामद गरिएको समेत प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनु भयो।
प्रहरीले दुवैजनालाई हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान कार्य भैरहेको जनाएको छ।





















Discussion about this post