चुरामणि तिमिल्सिना
चैत -५।गुल्मीको सत्यवति गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको छ। पालिकाका ४५ जना कृषकलाई ५० प्रतिशात अनुदानमा ट्र्याक्टर वितरण गरिएको पालिकाका अध्यक्ष पारिस्वर ढकालले जानकारी दिनुभयो ।

स्थानिय कृषकहरुलाई खेत बारीमा काम गर्नका लागि समयको बचत हुने भएकोले गाउँका कुना-कुनामा अनुदानमा यसरी ट्याक्टर वितरण गरेको उपाध्यक्ष सुबर्ण सेरचन शाहीले बताउनुभयो ।
वितरण कार्यक्रममा पालिकाका अध्यक्ष पारिस्वर ढकाल उपाध्यक्ष सुबर्ण शेरचन शाही, पालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिस्वर रेग्मी , सबै वडाका जनप्रतिनिधि कार्यलयका कर्मचारी स्थानिय कृषकहरु , लगायतको सहभागीता रहेको थियो।
Discussion about this post