चुरामणि तिमिल्सिना
चैत -९। पाल्पाको तानसेन नगर पालिका वडा नम्बर १४ अर्गलीमा फागुन २९ गते देखि सुरु भएको राष्ट्रिय परिचय पत्र बनाउनको लागि आबेदन दिनेको संख्या सोमबार सम्म९०० जना भएका छन् ।
कार्यालयदेखि साबिकका सबै वडाहरु दुरिका हिसाबले टाढानभएकोले वडाबाटै सेवा प्रदान भैरहेको वडा अध्यक्ष कमल रानाले जानकारी दिनु भयो । वडाले भिडभाड हुन नदिन वडा गत रुपमा आबेदन दिन टोलका टोल संयोजकहरुलाई व्यवस्था मिलाउन आग्रह समेत गरेको छ ।
यता अर्गलीबासीहरुले भने परिचय पत्र निर्माणका लागि आवेदन दिन उत्साहका साथ आउने गरेको कार्यक्रममा खटिनु भएकी रमा कंडेलले जानकारी दिनु भयो ।
यस वडमा झन्डै २००० जना सम्म आबेदन दर्ता हुन सक्ने वडा सचीव शंकर प्रसाद पाण्डेले बताउनुभएको छ।
Discussion about this post