रिडि ,चैत १४
रिडीको तिन मुखे पुलको काम पछिल्लो समय तीव्र गतिमा अघि बढेको छ ।
शिलान्यासको लामो समयसम्म निर्माण कार्य अलपत्र परेको उक्त पुलको काम अहिले तिव्र गतिमा अघि बढेको हो ।
२०७० साल मंसिर १५ गते शिलान्यास गरिएको उक्त पुलको निर्माण कार्य दुई बर्ष भित्र सक्ने लक्ष्य लिइएको थियो । अहिले निर्माण कार्य तीव्र गतिमा भइरहेको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर १ रिडीका वडाध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो ।
नयाँ बाटो रुबिना मनादेवि कन्ट्रक्सन प्रालिले २०७३ सालमा ९ करोड ८८ लाख लागतमा निर्माण कार्यको जिम्मा पाएको थियो । तिन जिल्ला गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने उक्त तिन मुखे पुल पर्यटन लोभ्याउने उद्देश्यका साथ आकर्षक शैलीमा निर्माण गरिँदै छ । पुल आगामी जेठ मसान्त भित्रै सम्पन्न गर्ने गरि निर्माण कार्यलाई तीब्र पारिएको छ ।
Discussion about this post