चैत -१५
पाल्पामा प्रहरीले अवैध काठसहित ४ जनालाई पक्राउ गरेको छ। शनिबार राती करिब ९:३० बजेको समयमा तानसेन नगरपालिका वडा नम्बर १ चिलाङ्दीमा अस्थायी प्रहरी चौकी भुषल डाँडाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा अवैध काठ करिव ३५.१०QF फेला पारेको थियो।
अवैध काठ सहित चिलाङ्दी तर्फ गैरहेको विना कागज प्रमाण लु २ त ८६१६ नम्बरको ट्याक्टरबाट काठ सहित ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनु भयो।
ट्याक्टर चालक सहित काठ र अभियुक्तहरुलाई थप अनुसन्धानका लागि डिभिजन बन कार्यलय पाल्पा बुझाइएको प्रहरीले जनाएको छ।
Discussion about this post