स्याङ्जा – १५ चैत्र २०७७ मीन थापा कालीगण्डकी गाउँपालिका स्याङ्जाले वडा नं ७ स्थित मिर्मीमा कालीगण्डकी अस्पताल संचालनमा ल्याएको छ ।
गत फागुन १० गते कृषि तथा पशुपंछी विकास मन्त्री पद्माकुमारी अर्यालले समुद्घाटन गर्नुभएको अस्पतालमा चौबीसै घण्टा डाक्टर सहितको इमरजेन्सी सेवा साथमा ओपिडी सेवा बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म उपलब्ध हुने गर्दछ ।
फार्मेसी तथा भिडियो एक्सरे सेवा , ल्याब तथा अत्याधुनिक डिजिटल एक्सरे सेवा , बिरामी भर्ना तथा इ.सी.जी. सेवा , खोप सेवा गर्भ परिक्षण तथा निशुल्क प्रसुती सेवा र परिवार नियोजन तथा एम्बुलेन्स सेवा समेत अस्पतालले प्रदान गर्ने गरेको छ ।
साथै निकट भविष्यमा स्वास्थ्य बिमा सेवा समेत संचालनमा ल्याउने अस्पतालले जनाएको छ ।
सेवाका लागि संपर्क ०६३ – ४०३११५ , एम्बुलेन्स सेवाका लागि ९८५६०१११७६ , ९८४६६२७५१६
Discussion about this post