ट्याक्टर दुर्घटनामा परि घाइतेलाई बगाउने अमित परियार पक्राउ

21
SHARES
175
VIEWS

चैत -१६ । ट्याक्टर दुर्घटनामा परि घाइते भएका गणेश गाहा मगरलाई जीउँदै कालीगण्डकीमा बगाउने अर्का प्रमुख आरोपित अमित परियारलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमती र छोरी सहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यलय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी निरीक्षक हरि प्रसाद पौडेलको टोलिले १३ गते वेलहिय नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

पक्राउ परेका परियारलाई आज जिल्लामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो।

परियारलाई सम्मानित जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइ म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटना कसरी घट्यो –

गत चैत ८ गते केही दिन पहिला आफ्नै सहचालकलाई घाइते बनाई कालिगण्डकी नदीमा बगाएको भन्ने सूचना प्राप्त हुनासाथ खोजतलास तथा अनुसन्धनको लागी प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलास तथा अनुसन्धानका क्रममा खटिएको प्रहरी टोलिले मिति २०७७।१२।०८ गते पाल्पा प्रहरीको सहयोगमा ट्याक्टरका सहचालक (सुनिल रानालाई) गल्याङ नगरपालिका वडा नं. ८ बंग्रान्ती बस्ने बर्ष २१ को सुनिल रानालाई पक्राउ गरिएको थियो।

घटनामा के भएको थियो ?

मिति २०७७।१२।०५ गते अस्थायी नं. प्लेट लु.अ.अ.फ. १०१२ भएको स्थायी नम्बर प्राप्त नभएको ट्याक्टर चालक गल्याङ नगरपालिका वडा नं. ८ बंग्रान्ती बस्ने बर्ष २७ को अमित परियार, सोही स्थान बस्ने २१ वर्षको सहचालक सुनिल राना, बर्ष १९ को सह-चालक गणेश गाहाले साँखरबाट दिनभरी वालुवा बोकी बेलुकी अं. २०:०० बजेको समयमा फर्कने क्रममा चालकको दायाँ-बायाँ बसेका मध्ये बायाँपट्टी बसेका सह-चालक गणेश गाहा ट्याक्टरबाट खसि घइते भएकोमा निजलाई चालक अमित परियार र सुनिल रानाले सोही ट्याक्टरमा राखी कालिगण्डकी साँखरघाटमा लगी नदीमा बगाएका थिए। घटनास्थलबाट मृतकको १ जोर चप्पल र रगत लागेको ढुंगा सहित ट्याक्टर बरामद गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार