स्याङ्जामा जबरजस्ती करणीगरेको आरोपमा ४ जना पक्राउ

16
SHARES
133
VIEWS

चैत -१६
स्याङ्जामा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका वडा नम्बर ६ बस्ने २९ वर्षका जेवन्त बहादुर खवास , ४२ वर्षीय दिल बहादुर राना , १८ वर्षका जयम रुचाल र १९ वर्षका निलेश दुवाडी रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार गत १४ गते ६ बजेको समयमा हरिनाश गाउँपालिकाकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी पश्चात् आरोपित ४ जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेका आरोपित चारै जनालाई जबरजस्ती करणी उद्योग मुद्दामा मुद्दा दर्ता गरि जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक अधिकारी जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार