चैत -१६। स्याङ्जामा प्रहरीले अवैध लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने हरुमा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ सिमल चौर का २२ वर्षीय किस्मत काफ्ले केसी र गाइघाट गाउँपालिका उदयपुरका २४ वर्षका बिक्रम सुनार रहेका छन् ।
पक्राउ परेका हरुबाट डाइजेपान २५ एम्पुल , नुर्फिन २५ एम्पुल , फिनरागन २५ एम्पुल अवैध लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।
पक्राउ परेका दुबै जनालाई लागू औषध मुद्दामा मुद्दा दर्ता गरि थप ५ दिनको अनुमती लिइ थप अनुसन्धान भैरहेको समेत जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक अधिकारी जानकारी दिनु भयो।
Discussion about this post