स्याङ्जाको चण्डीभञ्ज्याङ् सुगम बन्दै : कालोपत्रे निर्माण कार्य अन्तिम चरणमा

21
SHARES
172
VIEWS

यम सोमै
चैत १८ स्याङ्जाको कालीगण्डकी गाउँपालिका अन्तर्गत कारीकोट चण्डीभञ्ज्याङ् सुगम बन्ने क्रममा रहेको छ। जिल्लाको सुदुर पश्चिममा अवस्थित यो क्षेत्र दुर्गम क्षेत्रकोरुपमा परिचित हुँदै आएकोमा सडक कालोपत्रे गर्ने कार्यले तिब्रता पाए संगै यो क्षेत्र सुगम बन्ने क्रममा रहेको छ।

बि.सं २०७२ सालको भूकम्प पश्चात् वैघा देखि रिडी सम्मको सडक कालोपत्रे गर्ने कार्यको जिम्मेवारी सगुन कन्स्ट्रक्सनले पाएको थियो। पहाडी क्षेत्रमा रहेको साँघुरो सडकलाई विस्तार गरि हाल करिब १७ किलोमिटर सडकमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको सगुन कन्स्ट्रक्सन प्रालिका साइट म्यानेजर अपलेन्द्र अधिकारीले बताउनुभयो ।

सडक निर्माणको क्रममा विभिन्न समस्याहरु आइपरे पनि आफुहरुको अथक र कार्य निरन्तरताले गर्दा यो सडकले निर्माणको पूर्णता पाउन लागेको बताउदै सगुन कन्स्ट्रक्सन प्रालिका योजना प्रमुख अधिकारीले आफुहरुको उत्कृष्ट योजना अनुरुप कार्य गर्ने शैलीले यो सडक यो अवस्थामा ल्याउन सफल भएको बताउनुभयो ।

जिल्लाकै दुर्गम स्थानमा रहेको यो स्थानमा सडक कालोपत्रे हुनु गौरवको बिषय भएको र सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला आयोजना कार्यनयन इकाई स्याङ्जाका इन्जिनियर सुशील पौडेलले बताउनुभयो । सडक निर्माणको मुख्य कार्यहरु लगभग पूरा भएको जानकारी दिदै इन्जिनियर पौडेलले कोरोना कहरका कारण बिचमा निर्माण कार्य अवरुद्ध नभएको भए यश अघिनै यो योजना पूरा भैसकेको हुने बताउनु भयो।

यता कालीगण्डकी गाउँपालिकामा मिर्मी देखि धारापानी , धारापानी देखि रानीघाट र वैघा देखि रिडी गरि तीन खण्डमा बिभाजन गरि सडक कालोपत्रे गर्ने कार्य सुरु भएको थियो।

जसमध्ये सवै भन्दा दुर्गममा अवस्थित यो क्षेत्रमा सडक कालोपत्रे ढिलो सुरु भएर छिटो निर्माण भएकोमा स्थानीय बासिमा खुसी छाएको छ। हाल सम्म धारापानी देखि वैघासम्म भने वर्षाको समयमा हिलोमा र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्न यश भेगका जनता बाध्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार