चुरामणि तिमिल्सिना
चैत -२२। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीमा एक दिने व्यावसायिक कुखुरा पालन तालिम सम्पन्न भएको छ। दुर्गाकिराना पसल रिडीकोआयोजना र ग्लोबल एग्रोप्रोडक्ट प्रालि नारायणढ चितवनको प्रायोजनमा उक्त कार्यक्रम गरिएको हो। किराना पसलका सञ्चालक दुर्गा पन्थको अध्यक्षता रहेको तालिममा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिक प्रमुख अतिथि रहनु भएको थियो। यस्तै कार्यक्रममा कृषि बिकास बैंक रिडी शाखाका कार्यलय प्रमुख डोल राज पाठक , नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवाली तथा हिमलाल पाण्डे विशिष्ट अतिथि रहनु भएको थियो। तालिममा पाल्पा , गुल्मी र स्याङ्जाका ४५जना कृषकहरुको सहभागीता रहेको थियो ।
तालिम अवधिभर डा. बिकास पुरिले प्रशिक्षण गर्नु भएको थियो। तालिम समापन सत्रमा बोल्दै प्रमुख अतिथि अध्यक्ष बिकले तालिममा सिकेका कुराहरुलाई व्यबहारमा उतार्न आग्रह गर्दै स्थानिय स्तरमा आम्दानीको श्रोत बढाउन कुखुरा व्यवसायलले ठुलो टेवा पुग्ने बताउनु भयो।
कार्यक्रममा सहभागी सबैलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन देबि प्रसाद पौडेलले गर्न भएको थियो।
Discussion about this post