सचेतनास्वरुप गल्याङबजारमा अनुगमन

36
SHARES
104
VIEWS


स्याङ्जाको गल्याङमा कोरोना भाइरस संक्रमणको जोखिमबारे स्थानीयवासीलाई सचेत गराउँदै बजार अनुगमन गरिएको छ । नगरपालिकाको मुख्य बजार रहेको गल्याङबजारमा नगरपालिकाले सचेत गराउँदै बजार अनुगमन गरेको हो ।
नगरपालिकाले तोकेको मापदण्ड अनुसार मात्र बजार सञ्चालन गर्न, सामाजिक दुरी कायम राख्न र मास्कको अनिवार्य प्रयोग गर्नका लागि अनुरोध गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेको नेतृत्वमा भएको अनुगमनमा प्रहरी, गल्याङ उद्योग वाणिज्य संघ तथा गल्याङ चेम्बर अफ कमर्शका पदाधिकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
अत्यावश्यक पसल तथा व्यवसाय तोकिएको समयमा मात्रै खोल्न र कपडा तथा भाँडा पसलहरु सञ्चालन नगर्न अनुरोध गरिएको छ ।
दूध, तरकारी र फलफुल पसल विहान सात बजे देखि नौ बजेसम्म, खाद्यान्न पसलहरु मध्यान्ह १२ देखि ३ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरिएको छ ।
यस्तै, अन्य पसल व्यवसाय सञ्चालन नगरी कोरोना भाइरस विरुद्वको लडाईमा सहकार्य गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
यसैगरी बैंकहरुलाई पनि अत्यावश्यक बाहेकका अन्य कामहरु नगर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार