वैशाख -५।
चुरामणी तिमिल्सिना ।गुल्मीको सत्यवती गाउँपालिकाले बिभिन्न सिपमा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गतका सिपमुलक तालिम सुरु गरेको छ।
हाउस वायरिङ , ब्युटी पार्लर , पलम्विङ, कम्प्युटर व्यावसायिक तालिमकाे औपचारिक कार्यक्रमका साथ पालिकाका अध्यक्ष पारिस्वर ढकालले उद्घाटन गर्नु भयो।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत झविस्वर रेग्मीको अध्यक्षता कार्यक्रममा जनप्रतिनिधि सामाजिक अभियानताहरु बौद्धिकबर्ग लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले ग्रामीण भेगबाट दक्ष जनशक्ति उत्पादन गर्ने वैदेशिक रोजगार भन्दा स्वदेशमा नै रोजागार गर्ने र सबै बर्गका समुदायलाई तालिम दिइ सिपमा आत्मनिर्भर बनाउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
उद्घाटन सत्रको समापन गर्दै अधिकृत रेग्मीले यस तालिममा १०० जनाको सहभागीता रहेको , तालिमपछी सिकेका कुराहरूलाई व्यवाहारमा उतार्न आग्रह गर्नु भएको थियो।
तालिम ४५ दिन सम्म संचालन हुने पालिकाले जनाएको छ।
Discussion about this post