वैशाख -७
चैते दशै पर्वको अवसरमा श्री बुद्ध-मिलन युवा समूह कालीगण्डकी घुरडाँडा स्याङ्जाले वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।
प्रतियोगितामा कुल ३९ वटा समूहहरुले सहभागिता जनाएका थिए। सहभागी समूह हरुमध्ये संगम युवा समूह सत्यवती गाउँपालिका वडा नम्बर ३ दाङ्सिङ्ग प्रथम , नव प्रतिभा प्रतिष्ठान केन्द्र सत्यवती गाउँपालिका वडा नम्बर ३ सिङ्दी गुल्मी द्वितीय र सिसिवाइसि सत्यवती गुल्मीकै समूहले तृतीय स्थान हासील गर्न सफल भएका छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न समूहलाई रु ३०,०००, द्वितीय समूहलाई रु २०,००० र तृतीय स्थान हासिल गर्न सफल समूहलाई रु १०,००० प्रदान गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट खेलाडी नव प्रतिष्ठान केन्द्र्का दिपेन्द्र सिंजाली बेष्ट दिफेन्दर संगम युवा समूहका हिमाल शाही र उदयमान खेलाडीको उपाधी सुमन दर्जीले पाएका थिए ।
समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रममा सभापतिको रूपमा क्लबका अध्यक्ष नरु गाहा मगर र प्रमुख अतिथि नेपाल मगर संघ जिल्ला समितिको स्याङ्जाका सल्लाहकार – समाजसेवी एवम् राजनीति कर्मी बम लामिछाने मगर रहनुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बम लामिछाने मगरले भलिबल खेल राष्ट्रिय खेल भएकोले राज्यले पनि खेलाडीहरु लाई प्रोत्साहन गर्ने किसिमको कार्यक्रम हरु ल्यानु पर्ने बताउनुभयो ।
प्रतियोगितामा धेरै समूहहरुको सहभागिता रहेकोले दैनिक बेलुका १० बजे राती सम्म खेल सञ्चालन भएको थियो। प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक आर्थिक र नैतिक रुपमा सहयोग गर्ने सम्पूर्ण प्रती हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्नु भएको थियो।
Discussion about this post