वैशाख -१०। स्याङ्जा जिल्लाको दोस्रो ठुलो शैक्षिक सस्थाको रुपमा परिचीत गल्याङ बहुमुखी क्याम्पसले ब्यावस्थापनका लागि नयाँ नेतृत्व पाएको छ । बिक्रम सम्बत २०६० मा स्थापित यस क्याम्पसले लक्ष्मण प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ ब्यावस्थापन समिति पाएको हो । समितिको अध्यक्षमा लक्ष्मण प्रसाद भट्टराई निर्बिरोध निर्वाचित भएका हुन् । भट्टराईले जनकल्याण माबि रम्भा गाउपालिका हुगिबाट २०३६मा प्रबेसिका उतिर्ण गरि त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक गरेका छन् भने
पुर्वान्चल विश्वविद्यालयबाट शैक्षिक योजना तथा ब्यवस्थापनविषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेका गरेका छन् ।
२०३९ देखि २०५२ सम्म शिक्षण पेशा अंगालेका भट्टराईले विद्यालय निरीक्षकको रुपमा २०५२ देखि २०६२ सम्म कार्य गरेका थिए । भानुभक्त आचार्य माध्यामिक विद्यालयको २०५२ देखि २०६५ सम्म ब्यावस्थापन समितिको सदस्यका रुपमा शैक्षिक सस्था ब्यवस्थापनको अनुभव संगालेका भट्टराई
गल्याङ बहुमुखी क्याम्पस संचालक समितिको सदस्यमा भने २०६६ देखि २०७७ कार्य गरेका छन् । त्यस्तै गल्याङ सामुदायिक सिकाई केन्द्रमा २०६५ मा सस्थापक सचिव हुदै हाल अध्यक्ष रहेका छन् । गल्याङ क्षेत्रको शैक्षिक ब्याक्तित्वका रुपमा चिनिएका भट्टराई शिक्षा क्षेत्र संगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका छन। नेपाल रेडक्रस सोसाइटी गल्याङ उपशाखाका अध्यक्ष र नेपाल रेडक्रस सोसाईटि स्याङ्जा शाखाका उप मन्त्री समेत रहेका भट्टराई गल्याङ सामुदायिक अस्पतालको सस्थापक सदस्यका रुपमा २०६४ देखि हाल सम्म निरन्तर ब्यवस्थापनको कार्य गर्दै आईरहेका छन् ।
स्याङ्जा जिल्लाको ग्रामीण क्षेत्रका निम्न तथा मध्ययम बर्गका विद्यार्थीहरुलाई सर्वसुलभ र गुणस्तरीय शिक्षादिने लक्ष्यका साथ स्थापना भएको यस क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा विभिन्न बिषयमा ५६०भन्दा बढि बिद्यार्थी अध्ययन गरिरहेका छन् । शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका लक्ष्मण प्रसाद भट्टराईको नेतृत्वले गल्याङ बहुमुखी क्याम्पसले मात्र होईन यस क्षेत्रकै शैक्षिक क्षेत्रले काचुलि फेर्ने भरोसा गल्याङ क्षेत्रका सर्वसाधारणको रहेको छ।
Discussion about this post