वैशाख -१९
पछिल्लो समयमा विश्वमा फैलिदै गएको नयाँ भेरियन्ट कोभिड -१९ को महामारी नेपालमा पनि फैलिएको र स्याङ्जामा पनि संक्रमणको दर उच्च भइ सक्रिय संक्रमितको सङ्ख्या दिन प्रती दिन बढ्दै गइरहेको देखिएकोले जिल्ला प्रशासन कार्यलय स्याङ्जाले वैशाख २१ गते देखि जिल्ला भर निषेधाज्ञा जारी गरेको छ।
उच्च दरमा फैलिदै गएको कोरोना संक्रमण रोकथामका लागि वैशाख २१ गते बिहान ६ बजे देखि वैशाख ३१ गते बेलुका १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय स्याङ्जाले जनाएको छ।
जारी निषेधाज्ञाको अवज्ञा गरेको खण्डमा संक्रमाक रोग ऐन २०२० र प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने समेत जिल्ला प्रशासन कार्यलयबाट जारी सूचनामा जनाएइको छ।
निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन , सबै प्रकाराका गोष्ठी , तालिम , सभा ,सेमिनार गर्न , मानिसहरु भेला हुन , भिडभाड गर्न, सभा-जुलुस गर्न , मेला महोत्सव गर्न तथा कुनै प्रकारका खेलकुद प्रतियोगिता सञ्चालन गर्न निषेध गरिएको छ।
यस्तै गरि सिनेमा हल , पार्टी प्यालेस , होटल , रेष्टुरेन्ट , नाच घर-क्लब , फुटसल , जिम खाना , ब्युटी पार्लर , शैलुन , सुनचाँदी पसल , टेलरिङ , फुटपाथ पसल लगायतका सेवा एवम् स्थल खोल्न निषेध गरिएको छ।
मठ मन्दिर तथा विभिन्न धार्मिक स्थलहरुका परम्परागत नित्य पुजा बाहेक अन्य सम्पूर्ण सामाजिक , साँस्कृतिक र धार्मिक गतिविधिहरु गर्नमा समेत रोक लगाएको छ।
Discussion about this post