वैशाख -१९
स्याङ्जामा आज एकै दिन १०४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिकाका सवै भन्दा बढी ९० जना रहेका छन् ।
यस्तै गरि आज संक्रमणको पुष्टि हुनेहरुमा भिरकोट नगरपालिकाका ३ जना , चापाकोट नगरपालिकाका २ जना , पुतलीबजार नगरपालिकाका ६ जना, गल्याङ नगरपालिकाका १ र आधिखोला गाउँपालिकाका २ जना रहेका छन् । आज थप १०४ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या १००० भन्दा बढी नाघेको छ भने हाल सक्रिय संक्रमितको सङ्ख्या २०० भन्दा बढी पुगिसकेको छ।
Discussion about this post